बैतडीमा विद्यालयमै बालिकामाथि बलात्कार प्रयास गर्ने शिक्षक पक्राउ !

Nisharg hospital

९ भदौ, धनगढी । बैतडीमा विद्यालयमै बालिकामाथि जबरजस्तीकरणी गर्ने प्रयास गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।

Navjiwan hospital adv

मेलौली नगरपालिका–३ को प्रितीपुर माध्यमिक विद्यालयमा अध्ययनरत अन्दाजी १५ वर्षीया बालिकालाई जबरजस्तीकरणी गर्न खोजेको आरोपमा शिक्षक ३५ वर्षीय किशोर जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले शिक्षकले बालिकामाथि विद्यालयमै करणी गर्ने प्रयास गरेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिए ।

उनकाअनुसार जोशीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला ल्याउने काम भइरहेको छ भने पीडित पक्षले किटानी जाहेरी दिने तयारी गरेका छन् ।

याे पनि हेर्नुस्
Loading...