आरम्भ चौतारी लघुवित्तमा फिल्ड व्यवस्थापन तालिम

cp new add
Nisharg hospital

सुर्खेत । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड कर्णाली प्रदेश कार्यालय सुर्खेतले फिल्ड कर्मचारीहरुका लागि एक दिने फिल्ड व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न गरेको छ ।

Nast Ad

संस्थाका कर्णाली प्रदेश प्रमुख सन्तोष कुमार चन्दले फिल्ड व्यवस्थापन, कर्जा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम दिए भने कार्यक्रम अधिकृत रोशनप्रसाद जैशीले लघुवित्तको मूल मर्मअनुसार सदस्य मैत्री सेवाको कार्यन्वयन, कार्यालय संचालन प्रकृया, दैनिक कार्यसम्पादन प्रकृया, प्रशासनिक कागजपत्रहरुको व्यवस्थापन सम्बन्धि सहजीकरण गरेका थिए ।

कार्यक्रम अधिकृत कमल प्रसाद तिमिल्सेनाले कर्जा बिश्लेषण प्रकृया, कर्जा सदुपयोगिता को महत्व र बचत व्यवस्थापन सम्बन्धि सहजीकरण गरेका थिए । उक्त तालिममा कर्णाली प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट, रुकुम पश्चिम, कालिकोट, अछाम, सल्यान जिल्ला लगायतका १३ वटा शाखा कार्यालयका शाखा प्रमुख र सम्पुर्ण कर्मचारी सहित जम्मा ५० जना कर्मचारीहरुको उपस्थितिमा कार्यक्रम भएको थियो ।

यस्तै कार्यक्रमको सञ्चालन रोशन प्रसाद जैशीले गरेका थिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...