
नेपाली बजार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको १ हजार रुपैयाँले र चाँदी ५० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ५० रुपैयाँले बढेर तोलाको ४ हजार ३६० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ३१० रुपैयाँमा कारोबार भएको छ ।

