१२ भदौ, धनगढी । कञ्चनपुरमा युवक मृत अवस्थामा भेटिएका छन् ।
जिल्लाको वेदकोट नगरपालिका ४ का २० वर्षीय अनिक कार्की मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । कार्की आफ्नै घरको कोठामा मृत भेटिएका छन् । उनी जनज्योती बहुमुखी क्याम्पस महेन्द्रनगरमा विएसडब्लु प्रथम सेमेस्टरमा अध्यनरत थिए ।
कार्कीले असार १ गते प्युठानबाट प्रेम विवाह गरेको पारिवारीक स्रोतले जनाएको छ । उनको शव महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।