बालिका बलात्कारको आरोपमा हेड मास्टर पक्राउ

spa1
Nisharg hospital

पोखरा । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँको एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् ।

swostik

प्रहरीले तनहुँ ऋषिङ गाउँपालिका(७, ज्यामिरेमाइ आधारभूत विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापालाई बालिका बलात्कारको आरोपमा सोमबार पक्राउ गरेको हो ।

kailali model

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अवदेश विष्टका अनुसार थापालाई लमजुङको भोर्लेटारबाट पक्राउ गरिएको हो । गत साउन ३१ गते प्रधानाध्यापक थापाले १२ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका थिए । उजुरी दिएपछि थापा फरार थिए ।

adv khaptad

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...