सुदूरपश्चिममा दलित भन्दै फेसबुकमा अपशब्द लेख्ने १ जना जेल चलान

Nisharg hospital

२६ भदौ, धनगढी । सुुदूरपश्चिममा दलित भन्दै सामाजिक सञ्जाल फेसबुकमा अपशब्द लेखेर जथाभावी गाली गलौज गर्नेलाई कैद सजाय भएको छ ।

Navjiwan hospital adv

बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ का प्रकाश चन्दलाई जातीय अपहेलना हुनेगरी गालीगलौज गरेका भन्दै जिल्ला अदालतले दुई महिना कैद सजाय सुनाएको हो ।

अदालतले पीडीतलाई २५ हजार रुपैयाँ क्षतिपूर्ति दिन र ५ सय रुपैयाँ जरिवानाको हुुने फैसला पनि सुनाएको छ । चन्दले २०७८ वैशाख ३ गते फेसबुकबाट मेलौली नगरपालिका वडा नम्बर ५ का बलभद्र दयाललाई नेपालमा दयाल भनेका डुम रहेछन् कि ? जस्तै बलभद्र दयालु भनेर लेखेका थिए ।

दयालले बैशाख ७ गते चन्दविरुद्ध उजुरी दिएका थिए । चन्द अहिले प्रहरीको फरार सूचीमा छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

याे पनि हेर्नुस्
Loading...