press
po

कैलालीमा किराना पसलको गोदामबाट ४८ प्याकेट पटाका बरामद, सञ्चालक पक्राउ

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–७ हरिनगरमा किराना पसलको गोदाममा लुकाएर राखिएको पटाकासहित पसल सञ्चालक पक्राउ परेका छन् ।

sanjiwan
Nisharg

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा हरिनगर बस्ने ३५ वर्षीय गगन बिष्ट रहेका छन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

अस्थायी प्रहरी पोष्ट हरिनगरबाट खटिएको प्रहरी टोलीले बुधबार बिष्टले सञ्चालन गरेको न्यू दुर्गा किराना पसलमा शंकाका आधारमा चेकजाँच गरेको थियो । सो क्रममा पसलको गोदाममा लुकाइछिपाइ राखिएको अवस्थामा ४८ प्याकेट भएको एक कार्टुन पटाका फेला परेको प्रहरीले जनाएको छ ।

HAMRO DAIRY

प्रहरीले पटाका बरामद गरी पसल सञ्चालक बिष्टलाई समेत पक्राउ गरेको हो ।

पक्राउ परेका बिष्टलाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...