धनगढीको समैजी स्टोरमा आन्तरिक राजश्व विभागको छापा

Nisharg hospital
krishi add
swostik

२९ भदौ, धनगढी । धनगढीको समैजी स्टोरमा आन्तरिक राजश्व कार्यालय धनगढीले छापा हानेको छ । कर छलीको आशंकामा स्टोरमा छापा हानिएको कार्यालयले जनाएको छ ।
आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलले समैजी स्टोरले कार्यालयमा पेश गरेको कारोबार सम्बन्धी विवरणको तुलनामा भण्डार गरिएको सामान अस्वभाविक देखिएपछि छापा हानिएको जानकारी दिए ।

उनकाअनुसार अहिले कार्यालयबाट खटिएको कर्मचारीको टोलीले स्टोरमा भण्डार गरेर राखिएको सामानको विवरण संकलन गरिरहेको छ । स्टोरको पूरै सामानको विवरण संकलन गर्न केही समय लाग्ने बताइएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...