विदेशी पर्यटक आगमन सहज गर्ने निर्णयको होटल व्यवसायीद्वारा स्वागत

काठमाडौं । लामो समयसम्म थला परेको पर्यटन व्यवसायलाई पुनर्जीवन दिन सरकारले गरेको निर्णयको नेपाल होटल एसोसिएसन संघ ले स्वागत गरेको छ ।

Nisharg hospital
Samajik mantralaye

हानले आज जारी गरेको विज्ञप्तिमा खोपको मात्रा पूरा गरी आउने विदेशी पर्यटकलाई अनअराइभल भिसा उपलब्ध गराउने, नाका खोल्ने, क्वारेन्टिन बस्नु नपर्ने जस्ता निणर्य गरेकाले व्यवसायी उत्साहित भएको बताएको छ ।

‘सरकारको यो निणर्यबाट मुलुकमा पर्यटन सम्भावनाको ढोका खुलेको छ । साथै विदेशबाट खोपको पूर्णमात्रा पूरा गरी भ्रमणमा आउने पाहुनाहरूलाई खोपको मात्रा पूरा भएका हाम्रा करिब ९५ प्रतिशत भन्दा बढी कार्मचारी तथा कामदारहरुबाट सेवा सुविधा उपलब्ध गराइनेछ’, विज्ञप्तिमा भनिएको छ ।

विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थासम्बन्धी सरकारबाट जारी आदेश २०७८ को शीघ्र पूर्णरूपमा कार्यान्वयन हुन र कतिपय द्विविधा भएका विषयहरूमा समेत थप स्पष्ट हुने गरी सरकारबाट घोषित १० दिने पर्यटन काज र अन्तर्राष्ट्रिय पर्यटकलाई एक महिनाको निःशुल्क प्रवेशाज्ञा जारी गर्ने व्यवस्था पनि अविलम्ब लागू गरी पर्यटन पुनरुत्थानको लागि सहजीकरण गर्न हानले अनुरोध गरेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...