- प्रकाश कुँवर, बैतडी । घर छाडेर शहर आएको पनि धेरै भयो । जिन्दगीका हजारौं चुनौतीको सामना गरीरहेको छु ।
आज भोलि मेरो मन भित्र छुट्टै किसिमको बहस चलिरहेको छ । मेरो मनको अदालतभित्र हजारौं आरोप लागेका छन, दिनहुँ बहस चल्छ मनको अदालतको वकिल पनी म आफै हुन्छु । न्यायाधीश पनि आफै । लामो बहसपछि आफूले आफैलाई सजाय दिन्छु । सजाय स्वरुप आँखाबाट आँसु झार्छु ।
यदि कसैले मलाई बुझ्छ भने त्यो म आफै नै हु । मलाई थाहा छ मैले कति संघर्ष गरेको कति पिडा भोकेको छु । देख्नेले त हसिलो मुहार मात्रै देखेका छन । तर यो हसिलो मुहार पछाडि लुकेका पिडा कसलाई थाहा छ र ? यहाँ साथ दिन भन्दा पनि पछाडिबाट छुरा हाने मान्छे धेरै हुन्छन । दिनभरी मुस्कुराएको अनुहार बन्द कोठामा एक्लै रोएको कसले देखेको छ ?
भनिन्छ नि बन्चरोको चोट अचानोलाई थाहा हुन्छ भनेर, हो त्यस्तो चोट मेरो मनमा पनि लागेका छन । कति चोट आफ्नाहरुवाट अनि कति चोट आफ्नो हुँ भनेहरुबाट । समय खराब चलिरहेको छ । केहि छैन एक दिन मेरो पनि आउँछ भन्दै आँफुले आफैंलाई वुझाई रहेको छु । तर थाहा छैन ती दिन कहिले आउछन् ।
जिन्दगी हो जिन्दगीमा सुख र दुःख आईरहन्छन् । सबैभन्दा ठुलो कुरा भनेको दुःखमा पनि रमाउन सक्नुपर्छ । पिडा सबैलाई हुन्छ तर कसले कति पिडा लुकाउन सक्छन भने कसैले देखाउछन् । पिडा लुकाएर बाँच्नु पनि एक कला हो ।
जुनमा आज भोलि विकास हुँदै गइरहेको छ । पहिले सानो चिज हराउँदा पनि रुने म आज मेरा सपनाहरु हराउँदा पनि चुपचाप छु । हिजो कोही नबोल्दा दुख्ने मन आज भोलि कसै सग पनि बोल्न मान्दैन । हिजो सबैलाई आफनै सोच्ने दिमागले आज आफ्ना कोहि हुदैन सोच्न थालेको छ ।