
धनगढी । सुदूरपश्चिमको राजधानी धनगढीमा प्रथम लालसलाम कप प्रदेश क्याम्पसस्तरिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

आउँदाे बैशाख १५ देखि २२ गतेसम्म धनगढीकाे कभर्डहलमा प्रदेशका विभिन्न जिल्लाका क्याम्पसहरुबीच भलिबल प्रतियोगिता हुने आयोजक अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला कमिटी कैलालीले जानकारी दिएकाे छ ।
प्रतियोगिताको विजेताले एक लाख २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ भने द्धितिय पुरस्कार ८१ हजार र तृतिय पुरस्कार ५१ हजार पाउनेछ ।
विभिन्न ६ विधामा उत्कृष्ट हुने खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगितामा सुदूरपश्चिमका सबै जिल्लाबाट ३० टिमको सहभागिता रहने आयोजककाे भनाइ छ ।
प्रतियाेगिताका लागि टीकापुर भलिबल ट्रोनिङ सेन्टरले सहकार्य गरेको आयोजक अनेरास्ववियू (क्रान्तिकारी) कैलालीका अध्यक्ष शिवराज सञ्ज्यालले बताए ।
उनले हरेक टिमले ९ जना खेलाडीसहित एकजना प्रशिक्षक र एकजना व्यवस्थापक हुनुपर्ने बताए । भलिबल संघको नियमअनुसार खेल खेलाइने उनले बताए । १५ लाख ५५ हजारको लगानीमा प्रतियोगिता गर्न लागिएको हो ।

