सबडिभिजन वन कार्यालयका प्रमुख रायविरुद्ध भ्रष्टाचार मुद्दा दायर

cp new add
Nisharg hospital

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबडिभिजन वन कार्यालय, बन्दीपुर, सिरहाका कार्यालय प्रमुख (अधिकृत आठौं प्राविधिक ) रामकेवल रायविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

Nast Ad

घुस र रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

प्रवक्ता न्यौपानेका अनुसार रायले उद्योगका लागि ल्याएका काठ सिलबन्दी अनुसार भएरनभएको रुजु गरी कागजातसहितको फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेका थिए । आयोगको बर्दिबासबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट लिएको १२ हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

आयोगले उनीविरुद्ध कैद र बिगोबमोजिम जरिवानाको मागदाबी गरेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...