पावर प्लेमै चार विकेट गुमाउँदा नेपाल दबाबमा

cp new add
Nisharg hospital

काठमाडौं । वेष्ट इजिण्ड ‘ए’ विरुद्ध जवाफी ब्याटिङमा नेपालले पावर प्लेभित्रै चार विकेट गुमाएको छ ।

Nast Ad

टप अर्डरका ब्याट्सम्यानहरू गुमाउँदा नेपाल दबाबमा परेको छ । ३.४ ओभरमा ओपनर कुशल भुर्तेल आउट भएपछि लगातार नेपालको विकेट गयो ।

पहिलो विकेट जाँदा नेपालले २० रन जोडेको थियो । त्यसपछि ४.४ ओभरमा अनिल साह क्याच आउट भए ।

लगत्तै अर्का ओपनर लोकेश बम आउट भएपछि क्रिजमा आएका कुशल मल्ल पनि रनआउट भए । ६ ओभर सकिंदा नेपालले २८ रन जोड्दा चार विकेट गुमाएको छ ।

१६१ रनको लक्ष्य पछ्याएको नेपालका लागि अहिले कप्तान रोहितकुमार पौडल र अलराउन्डर गुल्शन झाले साझेदारी गरिरहेका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...