कञ्चनपुरमा ७ लाख बढिको अवैध सामान बरामद

Nisharg hospital

धनगढी । कञ्चनपुरमा ७ लाख बढिको अवैध सामान बरामद गरिएको छ ।

मंगलबार जिल्ला प्रहरी कार्यालय र मातहत वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले अन्दाजी मूल्य ५ लाख ९० हजार, इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको टोलीले अन्दाजी १ लाख ३८ हजार मूल्य र इप्रका दोधाराबाट खटिएको टोलीले अन्दाजी ४ हजार मूल्यको गरी ७ लाख ३२ हजार रुपैयाँ बराबरको भन्सार छलीको सामान फेला पारेको बताएको छ ।

मोटरसाइकल एक थान, टिसर्ट, हाप कट्टु, लेडिज सुट, कोरा कपडा, किटनाषक औषधी, चिनी, पेय पदार्थ फेला पारी कानुन बमोजिम बरामद गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गड्डचौकी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...