
धनगढी । डडेल्धुरामा भिरबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको परशुराम नगरपालिका—५ ठकुरी टोल बस्ने अन्दाजी ५१ वर्षका गणेश लुहारको भिरबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको हो ।
सोमबार उनी घरबाट माछा मार्न जान्छु भनी परशुराम नगरपालिका—५ स्थित महाकाली किनार (घोप्टे) भन्ने ठाउँ गएका थिए । हावाहुरिका कारण भिरबाट ढुङ्गा खसी टाउकोमा चोट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
यस सम्बन्धमा इलाका प्रहरी कार्यालय जोगबुढा, डडेल्धुराबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

