कैलालीमा पाँच लाखका अवैध मोबाईल र पार्ट पुर्जासहित भारतीय नागरिक पक्राउ

Nisharg hospital

धनगढी । कैलालीमा करीब साढे पाँच लाख मूल्य पर्ने मोबाईल र मोबाईलका पार्ट पुर्जासहित भारतीय नागरिक पक्राउ परेका छन् ।

आइतबार जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक(असई) गजेन्द्रबहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका–४ ओमशान्ती टोलबाट विशेष सूचनाका आधारमा पाँच लाख ३२ हजार ८१० रुपैयाँ बराबरको अवैध सामानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले चन्दको टोलीले गोप्य सूचनाका आधारमा अवैध सामानसहित भारतको लखिमपुर खिरी बस्ने २३ वर्षीय आयुष गुप्तालाई पक्राउ गरेको जानकारी दिए ।

उनकाअनुसार सोही ठाउँ बस्ने सरला सिंहको घरको कोठामा भारतबाट भन्सार छली गरि ल्याईएको मोबाईल र मोबाईलका विभिन्न पार्ट पुर्जाहरु लुकाई छिपाई गरेर राखिएको थियो ।

स्यामसुम कम्पनीका ५८ वटा सादा मोबाइल, नोकिया कम्पनीका ५२ सादा मोबाइल, २६ प्याकेट ग्लास, विभिन्न कम्पनीका तीन २८ वटा क्यामेरा ग्लास, २ रोल चार्जर कनेक्टर, ३७९ डिस्प्ले, २१ सादा सेटको हाउजिङ, २८० वटा सिमकार्ड ट्रे लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

अवैध सामानसहित पक्राउ परेका गुप्तालाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ भने उनको साथबाट बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...