ओलीविनाको एमाले र एमालेविना देश बनाउने प्रयास हुँदैछ : मञ्जु भण्डारी

cp new add
Nisharg hospital

काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारीले पार्टीभित्रका कमजोरीको सम्पूर्ण अपजस अध्यक्ष केपी शर्मा ओलीमाथि थोपरेर पार्टी बलियो हुन नसक्ने बताएकी छन् ।

बुधबार केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टी नेतृत्व एक ढिक्का भएमात्रै सबैखाले चुनौतीको सामना गर्नसकिने बताएकी हुन् । ‘समुद्र मन्थन गर्दा अमृत निस्कँदा सबैले खान खोज्ने, तर विष आउँदा भागाभाग हुने अवस्था आउनु राम्रो होइन,’ नेतृ भण्डारीले भनिन् ।

पछिल्लो राजनीतिक घटनाक्रममा एमालेविरुद्ध विभिन्न भाष्य निर्माण गरिएको उनको दाबी छ । ‘भदौ २३ र २४ गतेका घटनालाई केपी ओलीविनाको एमाले र एमालेविनाको देश बनाउने षड्यन्त्र तथा कम्युनिस्टविनाको मुलुक बनाउने प्रयासका रूपमा बुझ्नुपर्छ,’ उनले भनिन् ।

फागुन २१ गतेको निर्वाचन त्यसअघिका राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ मात्रै रहेको उनले बताइन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...