बाजुराबाट रारातर्फ जाँदै गरेको जिप दुर्घटना, १२ जना घाइते

cp new add
Nisharg hospital

धनगढी । बाजुराबाट रारातर्फ जाँदै गरेको जिप दुर्घटना हुदाँ १२ जना घाइते भएका छन् ।

जिल्लाको हिमाली गाउँपालिका–५ कोल्टिको भवानी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई रारा लैजादै गरेको ग १ ज ८२४९ नम्बरको जिप मुगुको खत्याड गाउँपालिका वडा–२ जाम हिलटपमा दुर्घटना भएको हो ।

घाइते हुनेमा नौँ जना विद्यार्थी, दुई जना शिक्षक र चालक रहेका छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए । चालक लालबहादुर भण्डारीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार जिप सडकबाट २५ मिटर तल खसेको थियो र अन्य सबैको अवस्था सामान्य रहेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...