बैतडीको शिवनाथ पूर्ण खोप सुनिश्चित पालिका घोषणा

Dhangadhi

बैतडी । बैतडीको शिवनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ ।

Nisharg hospital

राष्ट्रिय खोप तालिका अनुसार खोप पाउने उमेर समूहका बालबालिकाहरुले खोप पाएपछि गाउँपालिकालाई सोमबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए ।

add krishi mela

बालबालिकाहरुलाई विभिन्न १३ रोगविरुद्धका ९ ओटा खोपहरु नियमित रुपमा दिने गरिएको छ । पालिकाभरी जन्मदेखि १५ महिनासम्मका ३ सय १० जना र १६ देखि ५९ महिनासम्मका १ हजार २ सय २० जना बालबालिकाहरुले खोप पाएका बताइएको छ ।

ok

उक्त कार्यक्रममा ७ जना उत्कृष्ट स्वास्थ्यकर्मीहरुलाई सम्मान पनि गरिएको छ । त्यसैगरी गाउँपालिकाले पालिकामा रहेका ४६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगद ७ हजार ५ सयका दरले हस्तान्तरण गर्नुका साथै सम्मानपत्र प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत महताले बताए ।

उनका अनुसार स्वास्थ्य क्षेत्र सुधार, आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउन गरेको प्रयास र पालिकाले स्वास्थ्यका क्षेत्रमा गरिरहेको कामलाई सहयोग पुर्याएबाफत स्वयंसेविकाहरुलाई नगदसहित सम्मान गरिएको हो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...