धनगढीमा रात्रिकालीन बजार लाग्ने, पढ्दै गरेका युवालाई कमाउने अवसर

panchodaye

नारायण अवस्थी, धनगढी । धनगढी उपमहानगरपालिकाले युवाहरूलाई पढ्दै कमाउने अवसर दिने भएको छ ।

Nast college

धनगढी खुलामञ्चको सडक किनारमा उपमहानगरले रात्रिकालीन बजार लगाउने योजना बनाएको छ। युवाहरूले दिनमा अध्ययन गर्ने र साँझको समयमा आय–आर्जन गर्न सकुन् भनेर रात्रिकालीन बजार लगाउने योजना अघि सारिएको छ । युवाहरूलाई आय–आर्जन गर्न सक्ने बनाउन हरेक आगामी वर्षबाट धनगढीमा हरेक वर्ष रोजगार मेला आयोजना गरिने भएको छ ।

Nisharg hospital

आगामी वर्षको बजेटमा उपमहानगरपालिकाले रोजगार मेला लगाउने भएको हो । संघ, प्रदेश र सुदूरपश्चिमका सम्पूर्ण स्थानीय तहसँग सहकार्य गरेर हरेक वर्ष रोजगार मेला लगाउने नगर प्रमुख गोपाल हमालले बताए। ‘हामीले धनगढीमा हरेक वर्ष रोजगार मेला लगाउने सोच बनाएका छौँ। त्यसका लागि संघ सरकार, प्रदेश र सुदूरपश्चिमका स्थानीय तहसँग समन्वय गर्ने योजना छ ।

युवाहरूलाई लक्षित गरेर रोजगार मेला गर्ने र सिप सिकाएर आयआर्जनको अवसर समेत दिने योजना धनगढी उपमहानगरको छ’, हमालले भने । उपमहानगरपालिकाले आगामी वर्षदेखि युवाहरूलाई लक्षित गरेर रोजगार मेला आयोजना गर्ने भएको हो। नगर प्रमुख हमालले अध्ययन गरिरहेका युवाहरूलाई लक्षित गरेर पढ्दै कमाउने वातावरण सिर्जना गर्न रोजगार मेलापछि रात्रिकालीन बजारसमेत सुरू गरिने नगर प्रमुख हमालले बताए ।

उनले धनगढीको खुलामञ्चमा रात्रिकालीन बजार चलाउने बताएका छन्। उपमहानगरले आगामी वर्ष तिहार लगत्तै धनगढीमा रोजगार मेला गर्ने योजना बनाएको छ । युवाहरूलाई सिप सिकाउन रोजगार मेला आयोजना गर्ने र सिप हासिल गरेपछि उनीहरूलाई काम गर्न स्थान र वातावरण समेत प्रदान गरिने भएको छ ।

सिप सिकेका युवाहरूका लागि धनगढीको खुलामञ्चमा रात्रिकालीन बजार लगाइने भएको छ। जसका लागि खुलामञ्च छेउको सडक किनारमा बिजुली जडान गर्ने लगायतका काम भइरहेका छन् । खुलामञ्चको सडक किनारमा साँझ ६ बजेदेखि १० बजेसम्म रात्रिकालीन बजार चलाउँदा क्याम्पस पढिरहेका युवाहरूले पढ्दै कमाउने अवसर पाउने नगर प्रमुख हमालले बताए ।

खुलामञ्च क्षेत्रको रात्रिकालीन बजारमा लाइभ कन्सर्ट, खाना तथा नास्ताका पसल राख्न दिइनेछ। युवाहरू पढ्दै आयआर्जन गर्न सकुन् र जाँडरक्सी र लागुऔषध जस्ता कुलतमा नफसुन् भनेर बढीभन्दा बढी युवाहरूलाई सीप सिकाउन र रोजगारी दिन संघ, प्रदेश र स्थानीय तहहरूले मिलेर काम गर्नुपर्ने नगरप्रमुख हमालले बताए । उपमहानगरपालिकाले २०८१ को तिहार लगत्तै रोजगार मेला आयोजना गरेर युवाहरूलाई सिपमूलक तालिम दिने र त्यसपछि खुलामञ्च क्षेत्रमा रात्रिकालीन बजार लगाउने भएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...