रास्वपा सांसदको गुनासो : मृत्युमा पनि विभेद हुँदो रहेछ

cp new add
Nisharg hospital

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले नेपालमा हवाइ र सडक दुर्घटनामा मृत्यु हुने नागरिकबीच विभेद भएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले सडक र हवाइ यात्रा दुबै असुरक्षित रहेको टिप्पणी गरे । ‘उड्नेबाट यात्रा गरे लास नै नचिनिने र गुड्नेबाट यात्रा गरे लास नै नभेटिने । कति असुरक्षित छ यात्रा हाम्रो देशमा’, उनले भने ।गत बुधबार त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।त्यसअघि चितवनको सिमतालमा पहिरोसँगै दुई वटा बस त्रिशुलीमा खस्दा ६५ जना बेपत्ता भएका थिए ।

सरकारले जहाज दुर्घटनापछि राष्ट्रिय शोक घोषणा गर्ने लगायतका कार्य गरेको तर, त्रिशुलीमा ६५ जना वेपत्ता हुँदा त्यस्तो केही नगरेको भन्दै रास्वपाका सांसद नेपालीले मृत्युमा पनि विभेद हुने गरेको बताए ।‘मृत्युले विभेद देखेको दिन, अब उप्रान्त यस्तो दिन नआओस्’, सांसद नेपालीले भने ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...