सेतीमा बगेकी प्रिंयका कर्णालीमा मृत फेला

cp new add
Nisharg hospital

धनगढी । जन्मदिनकै दिन सेती नदीमा हामफालेर बेपत्ता भएकी डोटीकी २२ वर्षीया शिक्षिका प्रियंका श्रेष्ठको शव कैलालीमा फेला परेको छ ।

दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीकी प्रियंका गत भदौ ३० गते दिपायल सिलगढी नगरपालिका–३ स्थित सेती नदीको झोलुङ्गे पुलबाट नदीमा हामफालेर बेपत्ता भएकी थिइन् ।

उनको शव बुधबार कैलालीको टीकापुर नगरपालिका–२ मूलपानीस्थित कर्णाली नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ । शव फेला परेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीको कमाण्डमा खटिएको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव टीकापुर अस्पतालको शवगृहमा राखेको थियो ।

बुधबार दिउँसो प्रियंकाका ठूला बुवा हेमचन्द्र श्रेष्ठले शवको सनाखत गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० सागर बोहराले जानकारी दिए ।

एसपी बोहराका अनुसार प्रियंकाले नदीमा किन हामफालेकी थिइन् भन्ने कारण भने खुलेको छैन । उनको खोजीका क्रममा सशस्त्र प्रहरीको गोताखोर टोलीसमेत परिचालन गरिएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...