काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर–१० स्थित वाल्टिङमा ढिस्को खस्दा बालक घाइते भएका छन् ।
भाग्ने क्रममा रामकुमार ठकुरीको छोरा १४ वर्षीय विजय ठकुरी घाइते भएका हुन् ।उनको दुवै हात भाँचिएको इलाका प्रहरी कार्यालय मंगलटारका इनस्पेक्टर कृष्ण गिरीले रातोपाटीलाई बताए । इन्स्पेक्टर गिरी नेतृत्वको टोलीले उनलाई उद्धार गरेर मंगलटार ल्याउँदै छन् । उनलाई हेलिकप्टरमार्फत धुलिखेल पठाउन लागिएको छ ।