तेस्रो राष्ट्रिय फ्रिस्टाइल रोल्लर स्केट प्रतियोगिता सम्पन्न

काठमाडौ। नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघले आयोजना गरेको तेस्रो राष्ट्रिय फ्रिस्टाइल रोल्लर स्केट प्रतियोगिता २०८१ अन्तर्गत विजयी खेलाडीलाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

Nisharg hospital

आइतबार सम्पन्न भएको दुई दिने पुरुष र महिलातर्फका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नगद पुरस्कार र मेडल प्रदान गरेका हुन् ।

अवसरमा नेपाल क्लाइविङ संघका केन्द्रीय अध्यक्ष रमेश पौडेल लगायतको उपस्थिति रहेको थियो । यसअघि सो प्रतियोगिताको उद्घाटन सदस्य सचिव घिसिङले गरेका  थिए ।

फ्रि स्टाइल रोल्लर स्केट च्याम्पियनसीप वार्षिक रुपमा आयोजना हुँदै आएको छ । यसपटक महिलातर्फ निर्जला श्रेष्ठ पहिलो र सन्ध्या मगर दोस्रो र निमिषा तामाङ भए। १५० जना महिलाबाट छनौट भएका १० जनाले तेस्रो राष्ट्रिय फ्रि स्टाइल रोल्लर स्केट च्याम्पियनसीप भाग लिएका थिए ।
पुरुषतर्फको खेलमा राजन मगराती पहिलो, सोहन गुरुङ दोस्रो र रोहन कुँवर तेस्रो भए । यस्तै गरेर पुरुषतर्फबाट तेस्रो राष्ट्रिय फ्रि स्टाइल रोल्लर स्केट च्याम्पियनसीपमा सहभागी हुन २५० जना छनौट चरणमा सामेल भएका थिए ।

ती मध्ये ४० जनाले प्रतिस्पर्धा गर्न पाएको आयोजक संघका केन्द्रीय महासचिव सत्य थापाले जानकारी दिए ।
काठमाण्डौको गल्फुटार भएको प्रतियोगिता अन्तर्गत प्रथम हुनेले १५ हजार द्वितिय हुनेलाई १० हजार र तृतिय हुनेलाई पाँच हजार रुपियाँ नगद सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

साथै प्रतियोगिताका विजेतालाई दक्षिण कोरियामा आगामी जुन महिनामा आयोजना हुने एसियन रोल्लर डारबी प्रतियोगितामा सहभागी गराइने छ संघका अध्यक्ष अच्युत खनालले बताए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...