तेस्रो राष्ट्रिय फ्रिस्टाइल रोल्लर स्केट प्रतियोगिता सम्पन्न

cp new add
Nisharg hospital

काठमाडौ। नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघले आयोजना गरेको तेस्रो राष्ट्रिय फ्रिस्टाइल रोल्लर स्केट प्रतियोगिता २०८१ अन्तर्गत विजयी खेलाडीलाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

Nast Ad

आइतबार सम्पन्न भएको दुई दिने पुरुष र महिलातर्फका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नगद पुरस्कार र मेडल प्रदान गरेका हुन् ।

अवसरमा नेपाल क्लाइविङ संघका केन्द्रीय अध्यक्ष रमेश पौडेल लगायतको उपस्थिति रहेको थियो । यसअघि सो प्रतियोगिताको उद्घाटन सदस्य सचिव घिसिङले गरेका  थिए ।

फ्रि स्टाइल रोल्लर स्केट च्याम्पियनसीप वार्षिक रुपमा आयोजना हुँदै आएको छ । यसपटक महिलातर्फ निर्जला श्रेष्ठ पहिलो र सन्ध्या मगर दोस्रो र निमिषा तामाङ भए। १५० जना महिलाबाट छनौट भएका १० जनाले तेस्रो राष्ट्रिय फ्रि स्टाइल रोल्लर स्केट च्याम्पियनसीप भाग लिएका थिए ।
पुरुषतर्फको खेलमा राजन मगराती पहिलो, सोहन गुरुङ दोस्रो र रोहन कुँवर तेस्रो भए । यस्तै गरेर पुरुषतर्फबाट तेस्रो राष्ट्रिय फ्रि स्टाइल रोल्लर स्केट च्याम्पियनसीपमा सहभागी हुन २५० जना छनौट चरणमा सामेल भएका थिए ।

ती मध्ये ४० जनाले प्रतिस्पर्धा गर्न पाएको आयोजक संघका केन्द्रीय महासचिव सत्य थापाले जानकारी दिए ।
काठमाण्डौको गल्फुटार भएको प्रतियोगिता अन्तर्गत प्रथम हुनेले १५ हजार द्वितिय हुनेलाई १० हजार र तृतिय हुनेलाई पाँच हजार रुपियाँ नगद सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

साथै प्रतियोगिताका विजेतालाई दक्षिण कोरियामा आगामी जुन महिनामा आयोजना हुने एसियन रोल्लर डारबी प्रतियोगितामा सहभागी गराइने छ संघका अध्यक्ष अच्युत खनालले बताए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...