केआईआईटी कलेजमा प्रदर्शन गर्ने विद्यार्थीलाई पिट्ने दुई सुरक्षागार्ड पक्राउ

Rojgar mela

काठमाडौं । भारतको ओडिसास्थित केआईआईटी कलेजमा प्रकृति लम्सालको मृत्युबारे गम्भीर अनुसन्धानको माग गर्दै आएको प्रदर्शनमा विद्यार्थीलाई कुटपिट गरेको आरोपमा दुई सुरक्षागार्ड पक्राउ परेका छन् ।

Nisharg hospital

भुवनेश्वर प्रहरीले प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षागार्ड ४५ वर्षीय रमाकान्त नायक र २५ वर्षीय जोगेन्द्र बोहोरालाई नियन्त्रणमा लिइएको जानकारी दिएको हो ।

लम्साललाई सोही युनिभर्सिटीमा अध्ययनरत अड्विक श्रीवास्तव नामक युवकले मानिसक यातना दिने गरेका थिए । त्यसबारे युनिभर्सिटी प्रशासनलाई निवेदन दिँदा समेत कुनै कारबाही भएको थिएन ।

यस्तोमा लम्सालको मृत्युपछि यो मामलामा गम्भीर जाँच गर्न माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका थिए । तर, सोमबार युनिभर्सिटी प्रशासनले विद्यार्थीको प्रदर्शनलाई दबाउन लाठी चार्ज गरेको थियो ।

होस्टलबाट नेपाली विद्यार्थीलाई बाहिर निकालेको थियो । होस्टलका सुरक्षागार्डले कुटपिट गरेको भिडियो भाइरल भएपछि यस विषयमा प्रहरीमा समेत उजुरी परेको थियो । थप अनुसन्धान गरिरहेको भुवनेश्वर प्रहरीले जानकारी दिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...