२२ असोज, धनगढी । धनगढीको बाल्मिकी इन्टरनेशनल स्कुल र ट्यालेन्ट क्याम्पस, क्रुजलिङ्गेन, स्वीट्जरल्याण्डबीच सहकार्य गर्ने सहमति भएको छ । शिक्षण सिकाइ प्रक्रियामा सुधार गर्न बाल्मिकी स्कुलले सहकार्य गर्ने सहमति गरेको जनाएको छ ।
शिक्षक र विद्यार्थी आदानप्रदान कार्यक्रम, स्विट्जरल्याण्डका विशेषज्ञ शिक्षक प्रशिक्षकहरूले अनलाइन र भौतिक मोड मार्फत तालिम दिनेछन् । दुवै विद्यालयका विद्यार्थीहरूलाई पेन पल सम्बन्ध सुरु गर्न प्रोत्साहित गर्नेछ ।
स्वीट्जरल्याण्डका शिक्षकहरूले स्काइप मार्फत बाल्मिकीका विद्यार्थीहरूलाई अंग्रेजी भाषाको कक्षा लिनेछन् ।