कैलाली–५ बाट एमालेका उम्मेदवारले गरे मनोनयन दर्ता

Nisharg hospital

२३ असोज, धनगढी । कैलाली क्षेत्र नम्बर–५ मा नेकपा एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् ।आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उनीहरुले मनोनयन दर्ता गराएका हुन् ।

Navjiwan hospital adv

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि एमालेका नारदमुनि राना, क्षेत्र नम्बर ५ को प्रदेश सभा ’क’ बाट नेपालु चौधरी र क्षेत्र नम्बर ५ को ’ख’ बाट दुर्गा जोशीले मनोनयन दर्ता गरेका हुन ।

उनीहरुले लोकतन्त्रको रक्षा र देश विकासका लागि आफूहरु चुनाव लडिरहेको समेत बताएका छन् । आगामी मंसिर ४ गते संसदीय निर्वाचन हुदैछ ।

नारदमुनि राना गत निर्वाचनमा यहीँबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवालाई पराजित गर्दै उनी विजयी भएका थिए ।

 

याे पनि हेर्नुस्
Loading...