कैलाली र कञ्चनपुरबाट तस्करीको सामान बरामद

cp new add
Nisharg hospital
Ban Mantralye

धनगढी । नेपाल प्रहरीले कैलाली र कञ्चनपुरबाट तस्करीको सामान बरामद गरेको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–४ सब्जीमन्डी क्षेत्रबाट भारतबाट भन्सार छली ल्याएको ३२ हजार बराबरको बिडी, कुटपिस लगायतको सामान बरामद गरिएको छ।

tourism

कञ्चनपुरको बेलौरी नगरपालिका–६ नकैयाबाट एक लाख चार हजार छ सय २० रुपैयाँ मूल्य बराबरको भन्सार छलीको सामान प्रहरीले बरामद गरेको छ। प्रहरीले गल्छा, गञ्जी, प्लास्टिकका झिल्ली र एक थान मोटरसाइकल बरामद गरेको हो।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...