कञ्चनपुरमा प्रदेशले रोकेका योजना अघि बढाउन संघीय सरकारसँग सांसद तामाङको माग

cp new add
Nisharg hospital

धनगढी । नेकपा एमाले कञ्चनपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तारालामा तामाङले सुदूरपश्चिम प्रदेश सरकारले आनाकानी गरेर कार्यान्वयन नगरेको योजना अघि बढाउन माग गरेका छन् ।

आइतबारको प्रतिनिधि सभाको बैठकमा अगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा बोल्दै साुंसद तामाङले प्रदेश सरकारले ठेक्का प्रक्रिया अघि नबढाएका कारण अलपत्र परेका बोर्डर करिडोर, दोदा पुलदेखि पुनर्वासको कम्पनीडाडासम्मको सडक लगायतका योजना कार्यान्वयनका लागि माग गरे ।

‘हामीले बोर्डर करिडोर बनाउने भनेर विगत ३ वर्षदेखि प्रदेशमा केन्द्र सरकारको समपूूरक अनुदान अन्तरगत ६८ करोड २ लाख बजेट विनियोजन गयौँ । प्रदेशमा ८, ९, १० करोडका हिसाबले बजेट पनि गएको थियो,’ तामाङले भने, ‘तर प्रदेशले लेनदेनमा कुरा नमिलेका कारण ठेक्का खोलेन । बेलडाँडी र पुनर्वासबाट जोड्ने करिडोर निर्माणको योजनालाई बहुुवर्षीय स्वीकृतीका लागि अनुरोध गर्दछु ।’

दोदा पुलदेखि पुनर्वासको कम्पनीडाडासम्म समेत १६ करोडको ठेक्का खोलिएपनि प्रदेशले सदर नगरेपछि अघि बढ्न नसकेको बताउँदै अहिले संघले ३ करोड विनियोजन गरेको बताए ।

खेलकुद क्षेत्रमा पर्याप्त बजेट छुट्याएकोमा खुसी

सांसद तामाङले चालु आर्थिक वर्षको बजेटले खेलकुद क्षेत्रलाई आशाको केन्द्रको रुपमा अघि बढाउने संकेत दिएको बताउँदै यस क्षेत्रमा ऐतिहासिक रूपमा दोब्बर बजेट विनियोजन गरिएकोमा स्वागत गरेका छन् ।

तर उनले आफनो क्षेत्र कञ्चनपुर–१ मा अझै पनि ठोस बजेट नपरेको गुनासो गर्दै भने, “मेरो क्षेत्रमा प्रदेशस्तरीय रंगशाला निर्माणको लागि ७४ बिघा जग्गा उपलब्ध छ। सरकार गम्भीर होस्, तत्काल अध्ययन थालियोस् र निश्चित बजेट विनियोजन गरियोस्।”

लागुऔषध नियन्त्रण गर्न ध्यानाकर्षण

तामाङले मित्रराष्ट्र भारतसँग सिमाना जोडिएको आफ्नो निर्वाचन क्षेत्रमा लागुऔषध तस्करी बढेको, विशेषगरी बालबालिका र युवाहरू यसको चपेटामा परेको गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

“सीमा क्षेत्रमा धेरै बालबालिका लागुऔषधमा फसिरहेका छन्। मेरो क्षेत्रमा ठूला मात्रामा लागुऔषधसहित मानिस समातिएका छन्,” उनले भने, “गृह मन्त्रालयसँग समन्वय गरेर तत्काल रोकथाम र सचेतना कार्यक्रम ल्याइनुपर्छ।”

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...