कैलाली–कञ्चनपुरमा भन्सार छलीका लाखौंका सामान बरामद

cp new add
Nisharg hospital

धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका लाखौं रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

Telecome

कैलालीको भजनी नगरपालिका–३ जवलपुर क्षेत्रबाट अन्दाजी २ लाख ३५ हजार ४० रुपैयाँ मूल्य बराबरका डाटा केबल, चार्जर, एयरपोड, स्मार्टवाच, मेगाफोन, गेमिङ चेयर, हेडफोन लगायतका सामान बुधबार साँझ बेवारिसे अवस्थामा फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको छ।]

उक्त सामान इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले बरामद गरेको हो।

त्यस्तै, कञ्चनपुरको बेलौरी नगरपालिका–६ प्रेमनगरबाट अन्दाजी ४९ हजार ५९० रुपैयाँ मूल्य बराबरका कुलर तथा विभिन्न इलेक्ट्रोनिक्स सामग्री पनि बेवारिसे अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले ती सामान बरामद गरी आवश्यक प्रक्रिया अघि बढाएको छ।

बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइने प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...