शिक्षक र कर्मचारीलाई चुनावी प्रचारप्रसार नगर्न आयोगको निर्देशन

Nisharg hospital
Airth Mantralaye

२६ असोज, काठमाडौं । सरकारी कर्मचारी तथा शिक्षकहरुलाई  सामाजिक सञ्जालमा चुनावी  प्रचारप्रसार सम्बन्धी सामग्री पोष्ट नगर्न निर्वाचन  आयोगले सचेत गराएको छ ।

pradesh helath nirdesanalaye
gauriganga

मङ्गलबार विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले त्यसका लागि सचेत गराएको हो । आउँदो मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले निर्वाचन आचारसंहिता जारी गरेको छ ।

Dhangadhi bidhut

अनुगमनका क्रममा आचार संहिता प्रतिकूल हुने गरी कतिपय सरकारी कर्मचारी, सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र शिक्षण संस्था सम्बद्ध शिक्षक तथा कर्मचारी राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएको छ ।

आचारसंहितामा “कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने र सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसार सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने उल्लेख गरिएको छ ।

सोही आधारमा आचार संहिता उलङ्घन गर्ने शिक्षक तथा कर्मचारीलाई निर्वाचन आयोग ऐन २०७३ को दफा २३ अनुसार स्पष्टीकरण सोधी आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ ।

ऐनको उक्त व्यवस्था अनुसार अटेर गर्ने शिक्षकत तथा कर्मचारीलाई आयोगले एक लाख रुपैयाँसम्म सम्म जरिवाना गर्न सक्छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...