तीन महिनाकी सुत्केरी ८ दिनदेखि माइतीघरमा धर्ना

cp new add
Nisharg hospital

काठमाडौं । जाजरकोटकी २७ वर्षीया साराकुमारी शाही (शर्मिला) आफूलाई क्षर्तिपूर्ति नदिएको भन्दै बच्चा बोकेर ८ दिनदेखि काठमाडौं माइतीघर मण्डलमा धर्ना बसिरहेकी छन्।

Nast Ad

तीन महिनाको शिशु बोकेर साराकुमारी जेठ २७ गतेदेखि माइतीघरमा धर्ना बसेकी हुन्।आरोपीलाई थुनामा लिएसँगै क्षतिपूर्ति सहित न्याय दिलाउने आस देखाए पनि आफूले अहिलेसम्म कुनै सहयोग नपाएको भन्दै उनी माइतीघरमा धर्ना बसेको बताउँछिन्।

उनका अनुसार माघको अन्तिम साता सुत्केरी हुने दिन नजिकिँदै गर्दा बच्चाको हेरचाह र क्षतिपूर्ति दिलाउने आाशासहित सरकारले सडकबाट उठाएको थियो। तर सुत्केरी भएको तीन महिना बित्दा समेत कुनै सहयोग पाएकी छैन।

त्यतिबेला सडकमा सुत्केरी हुँदा सरकारको इज्जत जान्छ भनेर हतार- हतार उठायो। अहिले कुनै वास्ता छैन, उनले भनिन्, थुनामा बसेको व्यक्तिले फोन गरेर थर्काइरहेको छ।साराकुमारी मंसिर २५ गतेदेखि आफूमाथि बलात्कार भएपछि गर्भवती भएको भन्दै माघको अन्तिम सातासम्म माइतीघरमा धर्ना बसेकी थिइन्। माघको अन्तिम सातामा उनको आरोपी दार्चुलाका भुपेन्द्रसिंह ठगुनालाई प्रहरीले नियन्त्रणमा लियो।

साराकुमारी माइतीघर मण्डलमा धर्ना बसेपछि अपराध अनुसन्धान कार्यालयको टोलीले ठगुन्नालाई पक्राउ गरेर थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाएको थियो। साराकुमारीले आफूमाथि बलात्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएकी थिइन्। उनको मुद्दा त्यही जिल्ला अदालतमा विचाराधीन छ।

आरोपीलाई पक्राउ गरेर थुनामा पठाएपछि कानुनी कारबाही हुन्छ, क्षर्तिपूर्ति दिलाउँछौं भनेपछि धर्ना तोडेको थिएँ, उनले भनिन्, धर्ना तोडेर गाउँ गएर बसेको थिएँ, तीन महिनाअघि बच्चा जन्मियो तर कहीँ कसैले एक रूपैयाँ सहयोग गरेनन्।

बच्चा जन्मिएपछि ठगुन्नाको परिवारले बच्चा केही भएमा माइती पक्षलाई जन्मकैद सजाय दिलाउने भन्दै धम्की दिइरहेका छन्। त्यही कारण माइतीले घरमा बस्न पनि नदिइएको उनको भनाइ छ।

ठगुन्नाको परिवारले कुटपिट गर्ने, सामाजिक सञ्जालमा नाङ्गो फोटोहरू बनाएर हालिदिने, माइती पक्षलाई धम्की दिने गरे, उनले भनिन्, कतै बस्न नसक्ने भएपछि सडकमा आएँ।

उनले धर्ना बस्न थालेपछि ५ दिनअघि गृहमन्त्री सुधन गुरूङ भेट्न पुगेका थिए। गृहमन्त्रीले आफ्ना कुरा सुनेर न्यायका लागि पहल गर्ने बताएको उनी बताउँछिन्।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...