कैलालीमा चाेरीकाे लाखौं रकम र गरगहना भारतीय नागरिकलाई  फिर्ता

cp new add
Nisharg hospital
suchana

धनगढी । कैलाली प्रहरीले भारतको बेंगलुर शहरस्थित एक घरबाट चोरी भएका लाखौँको गरगहना तथा नगद रकम बरामद गरी सम्बन्धित धनीलाई फिर्ता दिएको छ।

भारतीय नागरिक एस. रमेश बाबुको घरबाट २०२५ मे २८ तारिखमा भएको चोरीमा नेपाली कामदारको संलग्नता पुष्टि भएपछि भारतीय प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीसँग सम्पर्क गरेको थियो।

अनुसन्धानको क्रममा चोरीमा संलग्न कालीकोट नरहरिनाथ गाउँपालिका–२ का ४६ वर्षीय उदय बिष्ट र ४५ वर्षीय भैरे बिष्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूसँगको बयानका आधारमा चोरीपश्चात गरगहना बिक्री गरिएको कैलालीको लम्कीचुहा नगरपालिका–१ का ३० वर्षीय पदम सुनारलाई समेत पक्राउ गरी ठूलो परिमाणमा चोरीका सामग्री बरामद गरिएको हो।

प्रहरीले आज स्थानीय जनप्रतिनिधिको रोहवरमा चोरी भएका सामग्रीहरू घरधनी एस. रमेश बाबुलाई बुझाएको जनाएको छ। बरामद गरिएका सामग्रीमा निम्न रहेका छन् :
• सुनजस्तो देखिने चुरा ९ थान
• सुनजस्तो देखिने धातु ४६४ ग्राम
• साना-ठूला गरी सुनजस्तो देखिने टुक्रा २३ थान
• २१६ ग्राम सुन र ४०० ग्राम चाँदीका अन्य गरगहना
• भारतीय रुपैयाँ ४४,१२१
• नेपाली रुपैयाँ १२,९२,३२०
• विभिन्न देशका विदेशी मुद्रा १५,४६५ रुपैयाँ बराबर

प्रहरीका अनुसार यस घटनासम्बन्धी थप अनुसन्धान जारी छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...