छुरा हानेर बुबाको हत्या आरोपमा छोरा पक्राउ

cp new add
Nisharg hospital

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा ६० वर्षीय एक वृद्धको हत्या भएको छ ।

Nast Ad

बुधबार बिहान स्थानीय ६० वर्षीय सचिव अन्सारीको हत्या भएको हो । उनको हत्या आरोपमा प्रहरीले छोरा मोहम्मद रियाज अन्सारीलाई पक्राउ गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा जग्गा विवादका क्रममा बुधबार बिहान रियाजले बाबुमाथि छुरा प्रहार गरेका थिए ।छुरा प्रहारबाट गम्भीर घाइते भएका सचिव अन्सारीलाई तत्काल उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो ।

बाबुको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले छोरा मोहम्मद रियाज अन्सारीलाई पक्राउ गरेको छ ।

उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही अगाडि बढाउने सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...