
काठमाडौं । रसुवाको भोटेकोशीबाट त्रिशूली नदी हुँदै आएको बाढीमा परेर बेपत्ता भएकामध्ये ३५९ जनाको शव फेला परेको छ। साँझ पाँच बजेसम्मको तथ्यांकअनुसार ३५९ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, गोरखामा ३०, चितवनमा १३२, तनहुँमा २२, नवलपरासी पूर्वमा ८२, नवलपरासी पश्चिममा १५ जनाको शव भेटिएको हो। त्यस्तै ६३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
त्रिवि शिक्षण अस्पतालमा ३१, ट्रमा सेन्टरमा २२, ग्रान्ड अस्पतालमा १, नर्भिकमा २, मनमैजु शुभम् अस्पतालमा २, वीर अस्पतालमा २, गिनसिटी अस्पतालमा १, मनमोहन अस्पतालमा २, वीरेन्द्र सैनिक अस्पतालमा १ जनाको उपचार भइरहेको छ। २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
उद्धारका लागि चार हजार ३४८ जना प्रहरी परिचालन गरिएको छ। सशस्त्र प्रहरी र नेपाली सेनाले पनि उद्धारको काम गरिरहेका छन्।

