छाउपडीविरुद्धको कानुन कार्यान्वयन गर्न आग्रह

cp new add
Nisharg hospital
Ban Mantralye

धनगढी । सुदूरपश्चिम प्रदेश सभाका सदस्यले प्रदेशमा छाउपडी प्रथाविरुद्धको कानुन प्रभावकारी रूपमा कार्यान्वयन गरी प्रदेशबाट छाउपडी प्रथा उन्मूलन गर्न आग्रह गरेका छन्।

प्रदेश सभाको आइतवार बसेको बैठकमा समसामयिक विषयमा बोल्दै उनीहरूले छाउपडी प्रथाविरुद्धको ऐन, कानुन प्रभावकारी रूपमा कार्यान्वयन गरी चेलीबेटीको जीउज्यान सुरक्षाको ग्यारेन्टी गर्न प्रदेश सरकारलाई आग्रह गरेका हुन्।

tourism

गत असार २७ गते कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित निगालीकी २८ वर्षीय कमला आउजी दमाईं छाउपडीमा बसेको बेला सर्पको टोकाइबाट ज्यान गएको थियो।सो घटनापछि छाउपडी उन्मूलनको विषयलाई जोडदार रूपमा सदनमा उठाइएको छ।

प्रदेश सभा सदस्य जानकी कुँवरले नेपाल सरकारले छाउपडी प्रथाविरुद्धको कानुन २०७४ मै बनाएर यसलाई दण्डनीय अपराधका रूपमा लिए पनि कानुन कार्यान्वयन हुन नसक्दा सुदूरपश्चिममा बर्सेनि महिलाले छाउगोठमा ज्यान गुमाउनु परिरहेको बताइन्।

उनले छाउपडी प्रथाविरुद्धको कानुन गम्भीरतापूर्वक कार्यान्वयनमा ध्यान दिन प्रदेश सरकारलाई आग्रह गरिन्।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...