२८ असोज, काठमाडौँ । अबदेखि एकजना प्रयोगकर्ताले एउटा मोबाइल सेवा प्रदायकबाट दुईवटाभन्दा बढी सिमकार्ड लिन नपाउने भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले गरेको परिपत्र अनुसार एक व्यक्तिको नाममा दुईवटा भन्दा बढी सिमकार्ड नदिन मोबाइल सेवा कम्पनीलाई निर्देशन दिइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रका अनुसार अबदेखि एउटा मोबाइल सेवा प्रदायक कम्पनीको बढीमा दुईवटा मात्रै सिमकार्ड निकाल्न पाइने छ ।
पहिले नै दुईभन्दा बढी सिमकार्ड लिइसकेका व्यक्तिले उक्त कम्पनीबाट अब सिमकार्ड किन्न नपाउने भएका छन् ।