देशभर सामान्यदेखि भारी वर्षाको सम्भावना

Nisharg hospital

२५ असार,धनगढी । आज शनिबार पनि देशभर सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मौसमसम्बन्धी बुलेटिन जारी गर्दै आज देशभर आंशिकदेखि पूर्ण बदली रहने र केही स्थानीयमा भारी वर्षा हुने जानकारी दिएको छ ।

Navjiwan hospital adv

मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही प्रदेश नं १ र बागमती प्रदेशका थोरै स्थानका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथ मौसम विज्ञान विभागले जनाएको छ । त्यस्तै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

देशभर धेरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश नं १ र मधेस प्रदेशका थोरै स्थानका साथै बाँकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले पहाडी भू(भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ ।

याे पनि हेर्नुस्
Loading...