धनगढीका एक जना अत्तरियाबाट बेपत्ता, सँगै खाजा खाएका तीन जना पक्राउ

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । कैलालीमा एक जना सम्पर्कविहीन भएको घटनामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएकाे छ ।

गएराति धनगढीकाे बाेराडाँडीका बिरेन्द्र चन्द सम्पर्कविहीन भएको घटनामा उनीसँगै  खाजा खाएका भनिएका तीन जनालाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले गाेदावरीका बिनाेद शाह, भरत बाेहरा र गाेविन्द शाक्यलाई नियन्त्रणमा लिइएकाे बताए ।

उनकाअनुसार चारै जना राति सँगै थिए तर चन्द उनीहरूसँगै भएका बेला सम्पर्क विहीन भएपछि अनुसन्धानका लागि तीनै जनालाई नियन्त्रणमा लिइएको हाे ।

चन्द घर नआएपछि उनकाे परिवारले प्रहरीलाई खबर गरेकाे थियो । चन्दकाे अवस्था अझै अज्ञात रहेकाे प्रहरीले जनाएको छ । उनकाे खाेजी भइरहेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...