धनगढीमा खुला भलिबल प्रतियोगिता हुने

cp new add
Nisharg hospital

धनगढी। धनगढीमा खुला भलिबल प्रतियोगिता हुने भएको छ।

Nast Ad

यहि असोज ३० गतेदेखि कार्तिक २ गतेसम्म धनगढी रंगशालामा प्रतियोगिता हुन गईरहेको हो। प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमले नगद २५००० ट्रफी, मेडल र प्रमाणपत्र र तृतीय हुने टिमले नगद १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन।

यसैगरी ब्यक्तिगत बिधातर्फ समेत पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ। सुदुरपश्चिम प्रदेश भरका क्लबहरुले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन।

प्रतियोगिताको आयोजक संस्कार मन्टेश्वरी स्कुल गोदावरी- ८ स्याउलेबजार कैलाली, संरक्षकमा जिल्ला भलिबल संघ कैलाली, मुख्य प्रबद्र्धकमा धनगढी उपमहानगरपालिका धनगढी कैलाली, अफिसियल मिडिया पार्टनरमा समर्पण मिडिया धनगढी रहेका छन।

प्रतियोगितालाई गुरुकुल एकेडेमी धनगढीका प्रबन्ध निर्देशक दीपक सुरी, अमेरिका निवासी युवा समाजसेवी बिनोद शाही, कैलाली विद्या निकेतन धनगढी कैलालीका संस्थापक प्रधानाध्यापक टोपेन्द्र शाह, साईन रेसुङ्गा बिकास बैंकका प्रबन्धक रबिन्द्र शाही, कामिक्षादेवी डेरीका संचालक मोहन बोहरा, हाल इजरायल निवासी युवा समाजसेवी नारद बोगटीले प्रायोजन गरेका छन्।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...