
१ कार्तिक, धनगढी । केदारनाथबाट गुप्तकाशी फर्किएको हेलिकोप्टर दुर्घटना भएको छ ।

भारतीय सञ्चार माध्यामका अनुसार भारतको आर्यान कम्पनीको हेलिकोप्टर केदारनाथबाट गुप्तकाशी (मस्ता) फिर्ता आउदा दुर्घटना भएको बताईएको छ । दुर्घटना परि चार महिला, चालकसहित सात जनाको मृत्यु भएको बताइएको छ ।

खराब मौसमका कारण हेलिकोप्टर मंगलबार बिहान साढे ११ बजे दुर्घटना भएको बताइएको छ । मृत्यु हुनेमा भारतको गुजरात र तमिलनाडुका उर्वी बरार, कुर्ती बरार, पूर्वा रामानुज, प्रेम कुमार वी, सृजाता , कला र हेलिकोप्टरका चालक अनिल कुमार रहेका छन ।
