५६ वर्षीया महिलामाथि जबरजस्ती करणीको आरोपमा ४४ वर्षीय पुरुष पक्राउ

cp new add
Nisharg hospital

काठमाण्डौँ । प्रहरीका अनुसार भदौ ९ गते छथर गाउँपालिका-२ मा ५६ वर्षीया महिला आफ्नै घरमा सुतिरहेको अवस्थामा सोही ठाउँका ४४ वर्षीय लिलमबहादुर लिम्बुले जबरजस्ती करणी गरेको सूचना प्राप्त भएको थियो।

Nast Ad

सूचना पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले लिम्बुलाई सोही दिन नियन्त्रणमा लिएको जनाएको छ।

पीडित महिलाले पनि सोही दिन इलाका प्रहरी कार्यालय बसन्तपुरमा जाहेरी दिएकी थिइन्। जाहेरीपछि आरोपित लिम्बुको स्वास्थ्य परीक्षण गरी प्रहरी हिरासतमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...