

धनगढी । कैलालीमा काठ तस्करी भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले बरामद गरेको छ ।
मोहन्याल गाउँपालिका–६ ठुलागडा स्थित राष्ट्रिय वन क्षेत्रभित्रबाट अबैध साल जातका काठ बरामद गरिएको छ ।
इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका गोलिया आकारका सालका २९ थान काठ फेला पारी नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बरामद काठ आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने कार्य भइरहेको छ।

