धनगढी यातायातले ४ वर्षदेखि रोकिएका ३१ हजार लाइसेन्स बाड्दै, के–के चाहिन्छ कागजात ?

cp new add
Nisharg hospital
suchana

धनगढी । यातायात व्यवस्था कार्यालय धनगढीले विगत चार वर्षदेखि सवारी चालक अनुमति पत्र(लाइसेन्स) नपाएका सेवाग्राहीलाई वितरणको काम अघि बढाएको छ ।

यातायात व्यवस्था विभागले १७ पुष २०७८ देखि ७ बैशाख २०८३ सम्मका ३१ हजार ९ सय बढि लाइसेन्स प्रिन्ट गरेर पठाएको छ ।
हुलाकमार्फत धनगढी पठाइएकोमा यो अवधिमा नयाँ, थप नवीकरण र प्रतिलिपीका लागि दस्तुर बुझाएका सेवाग्राहीका लाइसेन्स रहेको यातायात कार्यालयले जनाएको छ ।

कार्यालयले यातायात व्यवस्था कार्यालयले जारी गरेको पीडीएफ फाइलको चेकलिष्टमा आफ्नो लाइसेन्स नम्बर र नामावली हेरेर राजश्व बुझाएको भौचर वा निस्सासहित कार्यालयमा आएर लाइसेन्स लैजान सक्ने जारी सूचनामा उल्लेख गरेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...