लागूऔषधसहित धनगढीबाट युवक पक्राउ

Nisharg hospital

२ कात्तिक, धनगढी । धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

Navjiwan hospital adv

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को मोती चोकबाट लागूऔषध ब्राउन सुगरसहित ३३ वर्षीय यादव कुमार चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ ।

चौधरी सोही ठाउँका स्थानीय हुन् । उनको साथबाट १३ ग्राम ब्राउन सुगर बरामद गरिएको छ । चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

याे पनि हेर्नुस्
Loading...