प्रेम र करियर

cp new add
Nisharg hospital
Ban Mantralye

रेखा भट्ट, बैतडी ।

काठमाडौंको बिहान, धुलो धुँवाको शहरमा पनि सधैंजस्तो उज्यालो थियो । त्रिवि क्याम्पसको आँगनमा विद्यार्थीहरूको भीड, हतारमा हिँड्नेहरू, अनि पुस्तकको गन्धमा हराइरहेकी एक युवती, साक्षी ।

tourism

उ सानो सहरबाट काठमाडौं पढ्न आएकी थिई । सपना उसको ठूलो थियो । जीवनमा केही बन्ने, आफ्ना आमाबुबाको संघर्षको मूल्य बुझाउने । बाल्यकालदेखि नै उसले बुझेकै थिई, जीवन केवल प्रेममा होइन, आत्मसिद्धिमा पनि रमाउनु पर्छ ।

उही क्याम्पसमा सम्भव पनि थियो । कलात्मक स्वभावको, गितार बजाउने, कवितामा रमाउने युवक । सुरुमा उनीहरूबीच खास सम्बन्ध थिएन । तर भाग्यले भेटाइदियो। कलेजको एउटा प्रोजेक्टमा उनीहरू एउटै समूहमा परे । दुवै जनाबीच संवाद सुरु भयो । बिस्तारै त्यो संवाद आत्मीयतामा बदलियो ।

सम्भबले पहिलो पटक भनेको थियो, ‘तिमी धेरै गम्भीर देखिन्छयौ । तर आँखामा सपनाको प्रकाश छ । कस्तो सपना हो त्यो ?’ साक्षीले मुस्कुराउँदै जवाफ दिइन्, ‘मेरो सपना ? धेरै ठूला कुरा होइन, बस विदेश गएर पढ्न पाउनु, आफ्नो जीवन आफ्नै हातले लेख्न पाउनु ।’
उनको कुरा सुुनेपछि सम्भब फिस्स हाँस्यो । र म ? म चाहिँ के पाउँ ?

तिमी ? साक्षीले हल्का आँखामा हेरिन्, “तिमी मेरो सम्झनामा त पक्का रहनेछौ।” त्यस दिनदेखि उनीहरूको सम्बन्ध कुनै शब्दमा बाँध्न सकिने रहेन । पढाइ, कफी, र गितारका धुनहरूबीच उनीहरू जीवनका सुन्दरतम क्षणहरू बाँड्न थाले ।  तीन वर्षपछि, स्नातक सकियो । सबैले भविष्यको योजना बनाइरहेका थिए । साक्षीले सिंगापुरको एक प्रतिष्ठित विश्वविद्यालयमा पढ्नका लागि स्कलरशिप आवेदन गरिसकेकी थिइन् । । तर सम्भबको योजना फरक थियो । ऊ नेपालमै केही सिर्जना गर्न चाहन्थ्यो । आफ्नो संगीत, आफ्नै देशमा । एक साँझ, उनीहरू बागबजारको छतमा बसेका थिए ।

प्रेम र करियर जीवनका दुई पाटो हुन्, । एकले आत्मालाई सन्तुष्टि दिन्छ भनेअर्काले जीवनलाई आधार दिन्छ ।
यी द’वैलाई सन्तुलित रूपमा अघि बढाउन सक्ने मानिस नै वास्तवमा सफल र खुसी हुन्छ।

सम्भबले मन्द स्वरमा भन्यो, “साक्षी, म तिमीबिनाको जीवन सोच्न सक्दिनँ । विदेश गएपछि के हामी यति टाढा हुन सक्छौं ? साक्षीको स्वर मन्द, तर दृढ थियो । “सम्भब, तिमी मेरो भावना हौ, तर मेरो लक्ष्य पनि मसँगै छ। म प्रेमलाई हार्न चाहन्नँ, तर आफ्नो भविष्यसँग सम्झौता पनि गर्न सक्दिनँ।

सम्भबको आँखाबाट आँसु बग्यो । उसले हात समाउँदै भन्यो “तिमी गएपछि म के गर्ने ? साक्षीले मुस्कुराउँदै भनिन्, “जीवन जिउ, म फर्किएर तिमीलाई हेर्नेछु । सफल सम्भबका रूपमा । त्यो साँझ काठमाडौंको आकाशमा जून उदाइरहेको थियो, तर दुवैको मनमा रात पर्लागिसकेको थियो ।

साक्षी विदेश गइन् । सुरुका दिनहरूमा उनीहरूले लगातार कुरा गर्थे । भिडियो कल, सन्देश, र सम्झनाका साना भेटीहरू । तर समयको बाढी कसैको लागि रोकिँदैन । साक्षीको पढाइ, प्रोजेक्ट र कामले समय र ध्यान कब्जा गर्न थाल्यो । सम्भबका सन्देशहरू छोटा हुँदै गए। एक दिन उसले लेख्यो ।

तिमीले माया कम गर्यो कि समयले हामीलाई हरायो ? उताबाट जवाफ आयो न त माया घटेको छ, न त मन । तर म अहिले मेरो लक्ष्यको बाटोमा छु । कृपया मलाई बुझ्ने प्रयास गर सम्भब । त्यसपछि उनीहरूबीच मौनताको समुद्र फैलियो । समयले दुवैलाई फरक किनारमा पुर्यायो । पाँच वर्षपछि, साक्षी फर्किइन् ।

अब उनी उच्च पदमा थिइन् । कम्पनीको प्रोजेक्ट म्यानेजर, आत्मविश्वासले भरिपूर्ण । तर काठमाडौं फर्किएपछि, पुराना गल्ली, पुरानो क्याम्पस, अनि सम्भबको गीत सुन्दा उसको आँखा रसाउँथ्यो । उनले सुनेकी थिइन्, सम्भब अब एउटा सानो संगीत स्कूल चलाउँछ, आफ्ना विद्यार्थीहरूलाई सपनाको धुन सिकाउँछ । एकदिन उसले हिम्मत गरेर भेट्न गइन् । सम्भबले गितारको तार समातिरहेको थियो । साक्षीलाई देख्दा केही क्षण मौन भयो ।

“तिमी फर्कियौ ?”  उसले सोध्यो । साक्षीले मुस्कुराउँदै भनिन्, “फर्किएँ, तर अब म पहिलेकी साक्षी छैन ।” सम्भब हाँस्यो, “म पनि पहिलेको सम्भब छैन । माया त उही छ, तर अब तिम्रो लागि होइन – तिम्रो सम्झनाको लागि । त्यो भेट अन्तिम थियो । उनीहरू फेरि आ–आफ्नो बाटो लागे । साक्षीको आँखाबाट आँसु बग्यो, तर उसको मनमा गर्व पनि थियो । उसले आफ्नो सपना पूरा गरेकी थिई, तर त्यो यात्राको मूल्य प्रेम थियो । रातको सन्नाटा, सहर निदाएको थियो ।

साक्षी आफ्नो अफिसको झ्यालबाट बाहिर हेर्दै सोच्ची, “कसैको जीवनमा प्रेम अन्त्य हुन्छ, कसैको सपना सुरु हुन्छ। माया हराएको होइन, बस रूप बदलेको हो । टेबलमा सम्भबको गीत चलिरहेको थियो । तिमी गएर पनि म तिमीमै बाँचेको छु ।साक्षीले आँखा बन्द गरिन्, र मुस्कुराइन् । उनिहरुले एकअर्का बिना नै बाच्ने निधो गरिसकेका थिए। जीवन अघि बढिसकेको थियो ।

अन्त्यमा, प्रेम र करियर जीवनका दुई पाटो हुन् । एकले आत्मालाई सन्तुष्टि दिन्छ भने अर्काले जीवनलाई आधार दिन्छ । यी दवैलाई सन्तुलित रूपमा अघि बढाउन सक्ने मानिस नै वास्तवमा सफल र खुसी हुन्छ । प्रेमले करियरलाई ऊर्जा दिन सक्छ र करियरले प्रेमलाई स्थायित्व प्रदान गर्न सक्छ। आजको पुस्ता प्रेम र करियर दुवैलाई बराबर महत्व दिन खोज्छ ।

धेरै युवायुवतीहरू आफ्नो लक्ष्य स्पष्ट राखेर करियरलाई प्राथमिकता दिन्छन् । तर साथसाथै भावनात्मक सम्बन्ध पनि कायम राख्छन् । मोबाइल, इन्टरनेट, र संचार प्रविधिले दूरी घटाएको छ, जसले प्रेम र करियरलाई सँगसँगै अघि बढाउने अवसर दिएको छ । तर, प्रविधिले सहजता ल्याए पनि दुवै क्षेत्रको दबाब पनि बढाएको छ । कामको तनाव, प्रतिस्पर्धा, र समयको अभावले प्रेममा चिसोपन ल्याउन सक्छ। त्यसैले संवाद, बुझाइ, र विश्वासको सम्बन्ध कायम राख्नु जरुरी हुन्छ ।

अन्ततः कुरा यसमा आउँछ, प्रेम त्यही साँचो हुन्छ ?जसले तपाईंलाई आफ्नो सपना पुरा गर्न प्रेरित गर्छ । करियर त्यही सफल हुन्छ । जसमा तपाईं आफ्नो माया र मानवीयता हराउँदैनौं । प्रेम र करियर प्रतिस्पर्धी होइनन्, तिनीहरू एकअर्काका सहयोगी हुन्। यदि दुवैको बीच सन्तुलन कायम गर्न सकियो भने जीवन साँच्चै पूर्ण र रमाइलो बन्न सक्छ ।

(लेखक रेखा भट्ट पेशाले स्वास्थ्यकर्मी हुन् । उनी हाल बैतडीमा कार्यरत छिन् ।)

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...