अमेरिकामा नेपाली विद्यार्थीको गोली हानी हत्या

cp new add
Nisharg hospital

अमेरिका । २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डे सोमबार साँझ टेक्सासको ह्युस्टनस्थित उनको अपार्टमेन्टमा मृत अवस्थामा फेला परेकी छन् ।

Nast Ad

ह्युस्टन प्रहरीका अनुसार अधिकारीहरूले उनलाई छातीमा गोली लागेको अवस्थामा फेला पारेका हुन्।घटना वेस्ट एयरपोर्ट बुलेभार्डमा भएको थियो, जहाँ प्रहरीले पाण्डेको शव फेला पारेको थियो। प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा प्यारामेडिकले उनलाई घटनास्थलमै मृत घोषणा गरेका थिए ।  हालसम्म कुनै संदिग्धको पहिचान हुन सकेको छैन र अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ । शवलाई पोस्टमार्टमका लागि पठाइएको छ ।नेपालको भोजपुर निवासी पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् । पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका आएकी थिइन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...