बैतडी जिप दुर्घटनामा घाइते भएका ६ जनाको पहिचान खुल्यो

Nisharg hospital

३ कात्तिक, धनगढी । बैतडीमा जिप दुर्घटना हुँदा घाइते भएका ६ जनाको पहिचान खुलेको छ ।

Navjiwan hospital adv

जिल्लाको गोकुलेश्वरबाट डिलाशैनी गाउँपालिकाको केन्द्र धामी गाउँतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ज १३७९ नम्बरको जिप बिहीबार बिहान लेट्ठेकोटमा दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा परेर घाईते हुनेमा जिप चालक डिलाशैनी गाउँपालिका ७ बस्ने २२ वर्षीय महेशराज जोशी, सोही ठाउँका ७० वर्षीय नारायणदत्त जोशी, ५४ वर्षीय हर्कबहादुर बोहरा, कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ बाणीका ३५ वर्षीया अम्बिका जोशी, सोही ठाउँका ३८ वर्षीय मदनराज जोशी र ६ वर्षीय कपिलराज जोशी रहेका छन ।

जिप सडकबाट १०० मिटर तल खसेको थियो भने घाइतेलाई उद्धार गरी गोकुलेश्वर अस्पताल पुर्याइएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

याे पनि हेर्नुस्
Loading...