कैलालीमा युवतीको कोठामै छिरेर बलात्कार, युवक पक्राउ

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा शारीरिक तथा मानसिक रूपमा अपाङ्गता भएकी युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

Nast Ad

इलाका प्रहरी कार्यालय मालाखेतीले युवतीलाई जबरजस्तीकरणी गरेको आारोपमा गोदावरी नगरपालिका–८ धनचौरी बस्ने अन्दाजी २५ वर्षीय कृष्ण राज भट्टराईलाई पक्राउ गरेको हो ।

पीडित युवतीकी भाउजुले दिएको किटानी जाहेरीका आधारमा उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यस्तो थियो घटना

शारीरिक तथा मानसिक रूपमा अपाङ्गता भएकी ३० वर्षीय युवतीमाथि मंगलबार बिहान भट्टराईले उनकै घरको कोठामा प्रवेश गरेर जबरजस्तीकरणी गरेको खबरपछि खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

पीडित पक्षकाअनुसार विहान अन्दाजी ११ बजेतिर सोही ठाउँ बस्ने कृष्ण राज भट्टराईले उनी सुत्ने कोठामा प्रवेश गरी जबरजस्ती करणी गरेका हुन् ।

जन्मजात नै शारीरिक तथा मानसिक रूपमा अपाङ्ग रहेकी उनी घरमा एक्लो भएको मौका छोपि आरोपी भट्टराईले जघन्य अपराध गरेका हुन्। पीडितकाअनुसार उनका परिवारका अन्य सदस्यहरू भूमि सम्बन्धि समस्या समाधान आयोगको कामले घर नजिकैको सामुदायिक वनको भवनमा गएका बेला उनीमाथि बलात्कार गरिएको हो ।

घर फर्कने क्रममा कोठाबाट युवती रोइरहेको आवाज सुनेपछि उनकी भाउजु हातारिदै पुगेकी थिइन् । तर, उनी पुग्ने बेला भट्टराईले नन्दमाथि कुकर्म गरिरहेको पाइएपछि प्रहरीलाई खबर गरिएको थियो ।

तत्कालै खटिएको प्रहरी टोली उनलाई पक्राउ गर्न सफल भएको थियो । पीडित पक्षले कानुन कारवाहीसँगै कानुन बमोजिम क्षतिपूर्तिका समेत माग गरेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...