आज पनि बढ्यो सुनको भाउ, तोलाको ३ लाख नाघ्यो

cp new add
Nisharg hospital
Ba n

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको भाउ बढेको छ । हिजो आइतबार तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको सुन आज ४ हजार १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको भाउ तोलामा ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो आइतबार सुनको भाउ तोलामा ३ लाख ५ सय रुपैयाँ थियो ।

शुक्रबार सुन तोलामा २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहीबार भने २ लाख ९५ हजार २ सय रुपैयाँ थियो ।

चाँदीको भाउ पनि बढ्यो

त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा २ सय ४० रुपैयाँले बढेर प्रतितोला ५ हजार २ सय ५० रुपैयाँ कायम छ ।

हिजो आइतबार भने चाँदी तोलामा ५ हजार १० रुपैयाँमा किनबेच भएको थियो ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...